आइतबार, भाद्र २८ गते २०८३
images

सुरुवाती अग्रता जोगाउन नसक्दा थ्रीस्टारले पुलिसँग अंक बाँड्यो

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 329
    SHARES
  • सुरुवाती अग्रता जोगाउन नसक्दा थ्रीस्टारले पुलिसँग अंक बाँड्यो

    फागुन ४ काठमाडौं । रुसलान थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बुधबार १-१ को बराबरी खेल्दै अंक बाढेका छन् ।

    images

    तेस्रो स्थानको त्रिभुवन आर्मी क्लब बुधबार सातदोबाटोस्थित एन्फा मा सम्पन्न खेलमा हिमालयन शेर्पासँग १-१ को बराबरीमा रोकिएपछि थ्री स्टारसामु तीन अंक जोड्दै तेस्रो स्थानमा उक्लिने अवसर भए पनि त्यसको सदुपयोग गर्न सकेन ।

    २१औं मिनेटमा ऋतिक खड्काको गोलमा थ्रीस्टार क्लबले अग्रता लिएको थियो । संजोक राईको पासलाई ऋतिकले जाली चुमाएका थिए । ५२औं मिनेटमा रक्षक सुमन सुवेदीको गोलमा पुलिस खेलमा फर्किएको थियो । तेज तामाङको फ्रिकिकलाई सुमनले हेडरमार्फत जाली चुमाएका थिए ।

    images

    उक्त बराबरीसँगै पुलिस पूर्ण रूपमा रेलिगेसनबाट बचेको छ । थ्रीस्टार भने यस अघिनै ढुक्क भएको थियो । थ्रीस्टार ११ खेलमा १८ अंकसहित चौथो स्थानमा छ । समान खेलमा तेस्रो स्थानको आर्मीको १९ अंक छ । पुलिस क्लब समान खेलमा ११ अंकसहित १०औं स्थानमा छ । यसअघि बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा साबिक विजेता मछिन्द्रले सातदोबाटो यूथ क्लबमाथि १-० को जितसहित दुई खेल अगावै  लगातार शीर्ष डिभिजन लिग उपाधि रक्षा गरिसकेको छ ।