बिकाश भट्टराई दाङ ४ फागुन । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा जारी खडक प्रसाद गौचन चौथो स्मृति यु१६ क्रीकेट प्रतियोगिता २०७८ को ग्रुप बि अन्तर्गत आज भएको पहिलो खेलमा देउखुरि क्रीकेट एकेडेमीले धनगढी क्रीकेट एकेडेमीलाई ४७ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको देउखुरीले निर्धारित २५ओभरको खेलमा ९ विकेट गुमाई १७८ रन बनायो । देउखुरीका निर्मल गुरुङले १ छक्का र ५ चौकाको आक्रमक ब्याटिङको मद्दतले २९बलमा ४० रन बनाए ।
तेस्तै प्रमेश केसिले ३३ रन, प्रकाश थारुले ३० रन बनाए । धनगढीको बलिङ्गमा पारस महतले ३ विकेट, महेश देउवाले २ विकेट लिए । जवाफी १७९ रनको लक्ष्य पक्षाउने क्रममा धनगढीले २२ओभरमा आफ्नो सम्पुर्ण विकेट १३१ रनमा गुमायो ।
धनगढिका लागि सचिन साउदले २४रन, निरज अएरले २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । धनगढिलाई सस्तैमा समेट्न देउखुरीका अनिल भट्टराई, करन घर्ति मगर र निर्मल गुरुङले सम्मान २-२ विकेट लिए । उक्त खेलको म्यान अफ द म्याच निर्मल गुरुङ भए ।


