एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब लिभरपुलले इटालियन सिरी ए फुटबल क्लब इन्टर मिलानलाई पराजित गरेकाे छ ।
इटालीको घरेलु मैदान सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २-० जित निकालेकाे हाे । पाहुना टोली लिभरपुलको जितमा रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १-१ गाेल गरे ।
उक्त दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । रोबर्टोले खेलको ७५औं मिनेटमा गोल गरे । ८३औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो । अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई ९ मार्चमा आतिथ्य गर्नेछ ।


