आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : आज दुई खेल हुँदै, मनाङको लक्ष्य शीर्ष दुईमा

एक्सप्रेस पाना
फाल्गुण ५, २०७८ बिहीबार
  • 451
    SHARES
  • ए डिभिजन लिग : आज दुई खेल हुँदै, मनाङको लक्ष्य शीर्ष दुईमा

    फागुन ५ काठमाडौं । राजधानीमा जारी कतार एयवेज सहिद ए डिभिजन लिग फुटबल अन्तर्गत एघारौं चरणको अन्तिम दिन आज (बिहीबार) दुई खेलहरु हुँदैछन् । दुबै खेल दिउँसो १ बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन् ।

    images

    त्रिपुरेश्वरस्थित रंगशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थान रहन चानछ । 

    जारी सिजन मनाङ १० खेल २० अंक जोडेर दोस्रो स्थानमा  छ । एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ । 

    images

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ । संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

    जारी लिगमा दुई खेल बाकी रहदै मछिन्द्र फुटबल क्लब च्याम्पियन भएको छ ।