एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन बुन्डेसलिग फुटबल क्लब बायर्न म्युनिख र रेडबुल साल्जबर्गसंग १-१ गोलको बराबरीमा रोकिएको छ ।
अस्ट्रियाको साल्जबर्गस्थित रेडबुल एरिनामा बिहीवार बिहान भएको खेलमा पाहुना टोली बायर्न अंक बाढ्न बाध्य भयो । यद्यपि, अवे गोलको फाइदा भने उठायो ।
।
खेलको २१औं मिनेट घरेलु टोली साल्जबर्गका चुकवुबुइके एडामले गोल गर्दै अग्रता बनाए । तर किङ्स्ले कोमानले ९०औं मिनेटमा गोल गर्दै बायर्नको हारबाट उद्दार गरे । अब दोस्रो लेगका लागि बायर्नले साल्जबर्गलाई ९ मार्चमा आतिथ्य गर्नेछ ।


