फागुन ५ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत ११औं चरणको अन्तिम खेलमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी फुटबल क्बल विभागिय टोली सशस्त प्रहरी बलको एपिएफ फुटबल क्लबसँग ३-१ गोलले पराजित भएको छ ।
बिहिवार त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा भएको खेलमा एपिएफको जितमा आशिष लामा, मनिकुमार लामा र नविन लामाले गोल गरेपछि एपीएफ ३-१ ले अघि बढेको थियो । यता मनाङका कप्तान अन्जन विष्टले गरेको एक गोल सान्त्वना बन्यो ।

खेलमा सुरुवाती अग्रता भने मनाङले बनाएको. थियो । खेलको ३७ औं मिनेटमा मनाङका कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । १ गोलले पछि परेको एपीएफले ३ मिनेटपछि नै बराबरी गोल गरेको थियो । ४०औं मिनेटमा एपीएफका आशिष लामाले गोल गरेपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो ।
पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलमा एपीएफले दोस्रो हाफमा थप २ गोल गर्दै खेलमा सानदार जित दर्ता गर्यो ।
उक्ता हारसँगै मनाङले जारी लिगमा तेस्रो हार ब्यहोरेको छ। यसअघि मच्छिन्द्र र सातदोबाटोसँग पराजित भएको थियो । जारी लिगमा एपीएफले तेस्रो जीत दर्ता गरेको हो । जितपछि एपीएफ तालिकामा १४ अंक बनाउँदै सातौं स्थानमा उक्लिएको छ । पराजित भएको मनाङ २० अंकसहित दोस्रो स्थानमा छ ।


