आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले दियो ओमानलाई ११८ रनको सामान्य लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण ६, २०७८ शुक्रबार
  • 494
    SHARES
  • नेपालले दियो ओमानलाई ११८ रनको सामान्य लक्ष्य

    आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आयोजक ओमानलाई जितका लागि ११८ रनको लक्ष्य दिएको छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ११७ रन जोड्यो ।

    images

    नेपालका आरिफ शेखले सर्वाधिक ३८ रन जोडे । यस्तै सन्दीप लामिछाने १६ रनमा आउट हुँदा लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमलसिंह ऐरीले १ रन बनाए । 

    ओमानका खवार अलिले सर्वाधिक तीन विकेट हात पारे । विलाल खानले दुई-दुई विकेट हात पारे । ओमानले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

    images