आइतबार, भाद्र २८ गते २०८३
images

बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ओमानमाथि नेपालको सानदार जित

एक्सप्रेस पाना
फाल्गुण ६, २०७८ शुक्रबार
  • 396
    SHARES
  • बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ओमानमाथि नेपालको सानदार जित

    फागुन ६ काठमाडौं । घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै नेपालले आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत पहिलो खेलमा सानदार जित निकालेको छ । ११८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानका कुनै पनि ब्याटर चल्न सकेनन् । 

    images

    ओमानका नसिम खुसीले सर्वाधिक  २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।

    नेपालका कमलसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिँदा अविनाश बोहरा र जितेन्द्र मुखियाले समान एक विकेट लिए । 

    images

    यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रनको सामान्य योगफल तयार पार्‍याे । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोड्दा कप्तान सन्दीप लामिछानेले १६ रन बनाए । यस्तै लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए ।