आइतबार, भाद्र २८ गते २०८३
images

राखेपले नवौं राष्ट्रिय खेलकुदकाे बजेट खाका तयार गर्ने

एक्सप्रेस पाना
फाल्गुण ६, २०७८ शुक्रबार
  • 571
    SHARES
  • राखेपले नवौं राष्ट्रिय खेलकुदकाे बजेट खाका तयार गर्ने

    फागुन ६ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी समितिको बैठकले एक वर्षअघि नै सम्पन्न हुनु पर्ने नवौं राष्ट्रिय खेलकुद कोभिड-१९ का कारण सम्भव नभएकाले यसै वर्ष नवौं राष्ट्रिय खेलकुद आयोजनासम्बन्धी समय निर्धारण, आयोजना तथा व्यवस्थापन कार्यविधि र बजेट व्यवस्थाको खाका तयारीका लागि अविलम्ब युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ । 

    images

    खेलकुद मन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा कार्यकारी समितिका संयोजक राखेपका निमित्त सदस्यसचिव कुलबहादुर थापाको संयोजत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकले राखेपको विभिन्न पद तथा श्रेणीमा कार्यरत अत्यावश्यक करार तथा मासिक ज्यालादारी कर्मचारीको असार मसान्तसम्म म्याद थप गर्ने निर्णय पनि गर्‍यो । उनीहरुको गत पुस मसान्तमै म्याद समाप्त भएको थियो ।

    images

    त्यस्तै चीनको होन्जाउमा हुने १९औं एसियाली खेलकुदमा नेपालको उपयुक्त सहभागिता र बजेटका लागि खेलकुद मन्त्रालयमा अनुरोध गर्ने तथा रुसमा हुने सातौं चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्ट्स गेम्समा नेपालबाट कुन–कुन खेलहरु समावेश गर्न खेलाडी छनोट गर्ने र सहभागितालाई बजेट व्यवस्थाका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ ।