आइतबार, भाद्र २८ गते २०८३
images

च्यासल बी डिभिजनका घटुवा हुने पहिलो टोली

एक्सप्रेस पाना
फाल्गुण ७, २०७८ शनिबार
  • 463
    SHARES
  • च्यासल बी डिभिजनका घटुवा हुने पहिलो टोली

    फागुन ७ काठमाडौं । कतार एयरवेज सहित स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग २–१ अन्तरले पराजित हुँदै च्यासल युथ क्लब रेलिगेसनमा परेको छ । उक्त जितसँगै फ्रेन्ड्सले भने रेलिगेसनको सम्भावना भने केही हद टारेको छ । च्यासल भने १२औँ चरणमा आएर बी डिभिजन लिगमा घटुवा भएको हो । 

    images

    खेलको ३८औँ मिनेटमा कप्तान नथाजियल जर्ज गार्सियाको हेडरलाई टच दिँदै जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । ४१औँ मिनेटमा च्यासलका अभिषेक लिम्बूले जमोल एन्थोनीलाई पेनाल्टी बक्सभित्र लडाए पछि फ्रेन्ड्सले पेनाल्टी पाएको थियो ।  खेलको ४३औँ मिनेटमा जमोल एन्थोनीको पेनाल्टी गोलमा परिणत भएपछि फ्रेन्ड्सको दोहोरो अग्रता बनायो । 

    खेलको ५६औँ मिनेटमा मोउसा अवगानाले पेनाल्टीमा सान्त्वना गोल गरे । खेलको ५४औँ मिनेटमा फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले च्यासलका फरवार्ड राजिव लोप्चनलाई पेनाल्टी बक्स भित्र फल गरेपछि च्यासलले पेनाल्टी पाएको हो । 

    images

    यसअघि खेलमा दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । खेलको पाँचौं मिनेटमा फ्रेन्ड्सका निशेन सुब्बाको सटलाई प्रदिप भण्डारीको हातमा पुगेको हो । त्यस्तै च्यासलका मोउसा अवगानाको सट बार माथिबाट बाहिरिएको थियो ।

    हारसँगै यस सिजनका लागि च्यासल रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ । च्यासलले १२ खेलबाट ६ अंक मात्र जोडेको  छ । फ्रेण्ड्सले यस जितसँगै १० अंक जोड्दै १२औँ स्थानमा छ । २०७३ सालमा बी डिभिजन जितेर पहिलो पटक ए डिभिजनमा उक्लेको च्यासले २०७५ र २०७६ मा ए डिभिजन खेलेको थियो ।