आइतबार, भाद्र २८ गते २०८३
images

कप्तान सुजलको गोलमा मछिन्द्रले थ्रीस्टारलाई हरायो

एक्सप्रेस पाना
फाल्गुण ७, २०७८ शनिबार
  • 351
    SHARES
  • कप्तान सुजलको गोलमा मछिन्द्रले थ्रीस्टारलाई हरायो

    फागुन ७ काठमाडौं । इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई कप्तान सुजल श्रेष्ठले सदुपयोग गरेपछि जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ को १२औं चरणअन्तर्गत शनिबार लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले थ्रीस्टार क्लबले १-० ले पराजित गरेको छ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सुजलको उक्त पेनाल्टी गोल नै मछिन्द्रको जितमा निर्णायक बन्यो । थ्रीस्टारका जिवन गुरुङले अभिषेक गुरुङलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि मछिन्द्रले इन्जुरी समयमा पेनाल्टी पाएको थियो । जसमा सुजलले कुनै गल्ती गरेनन् । 

    उक्ति जितसँगै मछिन्द्रले तालिकामा १२ खेलबाट ३२ अंक जोडेर शीर्ष स्थानमा अपराजित रहँदै लिगको उपाधि जितिसकेको छ । यस्तै, समान खेलबाट १८ अंक जोडेको थ्री स्टार तालिकाको चौथो स्थानमा यथावत् छ ।

    images