आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : जावलाखेल र हिमालयम तथा मनाङ र एनआरटी भिड्दै

एक्सप्रेस पाना
फाल्गुण ८, २०७८ आइतबार
  • 297
    SHARES
  • ए डिभिजन लिग : जावलाखेल र हिमालयम तथा मनाङ र एनआरटी भिड्दै

    फागुन ८ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ मा आज (आइतबार) दुई खेलहरु हुँदैछ । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दिउँसो एक बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीको लक्ष्य शीर्ष छ मा टुंगाउने हुनेछ र दुबैको योजना जित रहेको छ । 

    images

    जावलाखेल जारी सिजन ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा छ ।  हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा छ । साँझ पौने ५ बजे सुरु हुने दोस्रो खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटी आमुने सामुने हुनेछन् । 

    लिग मछिन्द्र फुटबल क्लबले जितिसकेको कारण मनाङको लक्ष्य शीर्ष दुईमा रहने हुनेछ । एन आर टी तालिका सुधार गर्न चाहन्छ । मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा छ । एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा छ ।

    images