एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियलले मड्रिड सानदार जित दर्ता गरेको छ ।
शनिबार राति भएको २५औं साताको खेलमा घरेलु टोली रियलले पाहुना टोली डिपोर्टिभो अलाभेसलाई ३-० गोल अन्तरले पारजित गरेको हो ।
घरेलु टोली रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले समान १/१ गोल गरे ।
उक्त जितसंगै २५ खेलबाट ५७ अंक बनाएको रियल शीर्ष स्थानमा छ । रियल दोस्रो स्थानको सेभिल्ला भन्दा ७ अंकले अघि छ । यद्यपी सेभिल्लाले भने एक खेल कम खेलको छ । यता पराजित अलाभेस २० अंक सहित रेलिगेशन जोनमा छ
यस्तै अर्को खेलमा पाहुना टोली एट्लेटिकोले ओसासुनालाई ३-० अन्तरले पराजित गर्दै शीर्ष चारमा रह्यो । एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेयाले १/१ गोल गरे । उक्त जितसँगै एट्लेटिको भने समान खेलबाट ४२ अंक बनाएर चौथो स्थानमा छ । भने ओसासुना ३२ अंक सहित नवौं स्थानमा छ ।


