आइतबार, भाद्र २८ गते २०८३
images

शेर्पामाथि जावलाखेलको जित , रेलिगेसनबाट जोगिने सम्भावना बलियो

एक्सप्रेस पाना
फाल्गुण ८, २०७८ आइतबार
  • 225
    SHARES
  • शेर्पामाथि जावलाखेलको जित , रेलिगेसनबाट जोगिने सम्भावना बलियो

    फागुन ८ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत १२औं चरणको खेलमा रेलिगेसनको जोगिमा रहेको जावलाखेल युथ क्लब विजयी भएको छ । 

    images

    आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा जावलाखेलले नेपाल आइस हिमालयन शेर्पा क्लबमाथि २-१ गोलको जित निकालेको हो । जावलाखेलको जितमा रुपबहादुर लामा र ओंगुना जुनियरले गोल गरे । यता शेर्पाको लागि अमृत श्रेष्ठले गरेको गोल सान्त्वना बन्यो । 

    पहिलो हाफको खेलको १५ औं मिनेटमा रुपबहादुर लामाले कर्नरबाट सोझै गोल गर्दै जावलाखेललाई १-० गोलको अग्रता दिलाए । त्यस्तै दोस्रो हाफमा शेर्पाका लागि अमृत श्रेष्ठले खेलको ७१ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो ।

    images

    यस्तै खेल १-१ गोलको बराबरी अबस्थामा चलिरहेको खेलको ८८ औं मिनेटमा जावलाखेलले अन्तर २-१ को अबस्थामा पुग्यो । उसका लागि ओंगुना जुनियरले डिबक्स भित्रबाट हेडर गोल गरे । उनले निकोलस फर्नान्डेसको क्रसको सदुपयोग गरेका थिए । त्यस पछि बाँकी समय थप गोल नहँदा खेलमा जावलाखेल २-१ गोलले विजयी भयो । 

    उक्त जितसँगै जावलाखेलले जारी लिगमा कुल १२ खेलबाट १३ अंकका साथ शेर्पालाई पछि पार्दै नबौं स्थानमा उक्लिएको छ । शेर्पाको १२ खेलबाट १३ अंक छ । समान अंक भए पनि उसले शेर्पालाई हेड टु हेडमा पछि पारेको हो । यो हारले अब रेलिगेसनबाट बच्नका लागि ब्रिगेड ब्याइज, फ्रेन्ड्स र नेपाल पुलिसविच प्रतिस्पर्धा हुनेछ ।