फागुन ८ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत १२औं चरणको आफ्नो खेलमा नेपाल आयल निगम मनाङ मर्स्याङदी फुटबल क्लब पराजित भएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ एनआरटीसँग ०-१ गोलले स्तब्ध भएको हो । एनआरटीको जितमा मेसुके ओलामोओले गोल गरे ।
पहिलो हाफको २६ औं मिनेटमा मेसुकेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । सोही अग्रतालाई एनआरटीले अन्तिमसमम जोगाउन सफल भयो ।
मनाङको जारी चोथो हार व्यहोर्न बाध्य बन्यो । जितपछि एनआरटी १२ औं चरणको खेलबाट २० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भयो । मनाङको समान २० अंक भए पनि हेडटुहेडका आधारमा तेस्रो स्थानमा झर्न पुग्यो ।


