एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा जारी सिजन २०२१/२२ को २६औं साताको आफ्नो खेलमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ ।
आइतबार राति लिड्स युनाइटेडको मैदानमा भएको खेलमा पाहुना टोली म्यान्चेस्टर युनाइटेड २-४ गोल अन्तरले विजयी भएको हो ।
पाहुना टोली युनाइटेडको जितमा कप्तान ह्यारी मगुईर , ब्रुनो फर्नान्डेस, फ्रेड र एलांगाले समान १/१ गोल गरे । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा २ गोल खादा २ गोल गरेको थियो ।
उक्त जितसँगै युनाइटेडले २६ खेलबाट ४६ अंक बनाउँदै तालिकाको चौथो स्थानमा यथावत् रहेको छ । यता पराजित लिड्सको भने २४ खेलबाट २३ अंकसहित १५औं स्थानमा रहेको छ ।


