एजेन्सी । गावोनका फरवार्ड पिएरे इमरिक औवामियाङले बार्सिलोनाका लागि पहिलो ह्याट्रिक गरेको खेलमा क्याटलान क्लबले घरेलु टोली भ्यालेन्सियामाथि ४-१ को सहज जित निकालेको छ। स्पेनिस ला लिगा अन्तर्गत आइतवार राति भएको खेलमा बार्सिलोनाले महत्त्वपूर्ण जित निकालेको हो ।
बार्सिलोनाले घरेलु टोली भ्यालेन्सिया २३औं मिनेटमा औवामियाङको गोलबाट अग्रता लिएको थियो । उनले जोर्डी अल्वाको पासलाई सदुपयोग गर्दै बार्सिलोनामा पहिलो गोल गरेका थिए ।
३२औं मिनेटमा फ्रान्की डि जोङले औसमाने डेम्वेलेको पासमा गोल गर्दै टिमलाई २-० को अवस्थामा पुर्याए। ३८ औं मिनेटमा औवामियाङले पाब्लो गाभीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल सम्भव बनाए। पहिलो हाफमै ३-० को अग्रता बनाउन बार्सिलोना सफल भएको थियो ।
५२औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर‚ ६३औं मिनेटमा औवामियाङले ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले ४-१ को प्रभावशाली जित निकाल्न सफल भयो । यसै विन्टरमा फ्रि ट्रान्सफरमा बार्सिलोना आएका औवामियाङले बार्सिलोनाका लागि ओपनिङ गोलमै ओपनिङ ह्याट्रिक समेत गरे ।
उक्त जितसँगै बार्सिलोना २४ खेलबाट ४२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। समान ४२ अंक नै रहे पनि बार्सिलोनाले गोल अन्तरमा एक खेल बढी खेलेको एट्लेटिको मड्रिडलाई पछि पारेको छ । बार्सिलोना एक खेल बढी खेलेको तेस्रो स्थानमा रहेको रियल बेटिससँग ४ अंकले पछि छ । पराजित भ्यालेन्सिया ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।


