आइतबार, भाद्र २८ गते २०८३
images

सातदोबाटोसँग पराजिय हुँदै बीबीसी रेलिगेसनमा

एक्सप्रेस पाना
फाल्गुण ९, २०७८ सोमबार
  • 303
    SHARES
  • सातदोबाटोसँग पराजिय हुँदै बीबीसी रेलिगेसनमा

    फागुन ९ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यस सिजन घटुवा हुने दुई टोलीको टुंगो लागेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बीबीसी जावलाखेल युथ क्लबसँग ३-२ गोल अन्तरले पराजित भए सँगै रेलिगेसन हुने टोलीको टुंगो लागेको हो । 

    images

    यस अघि रेलिगेसन ब्याटलका रूपमा हेरिएको खेलमा शनिबार फ्रेन्डस क्लबलाई नतिजा सुम्पिएपछि च्यासल युथ क्लब ‘बी’ डिभिजन मा घटुवा भएको थियो ।

    च्यासलमाथिको जितले फ्रेन्डसले रेलिगेसन टार्ने सम्भावना बलियो पारेको थियो । तर आइतबार रेलिगेसनको डरमा रहेको जावलाखेल युथ क्लबले सो संकट टारेपछि १२औं स्थानको फ्रेन्डस र १३औैं स्थानको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) मध्ये एक टोली रेलिगेसनमा पर्ने भएका हुन् ।

    images

    No description available.

    जसमा सोमबार सातदोबाटोसँग पराजित भएको बीबीसीको ‘ए’ डिभिजन लिग हैसियत समाप्त भएको हो । सातदोबाटोको जितमा दिपक राज सिंह ठकुरी , शुसील राई र निराज चौधरीले १/१ गोल गरे । यता बीबीसीका लागि रोशन राना मगर र बेरनार्ड ओटोउले गोल गरे पनि हार टार्ने भने सकेनन् । 

    उक्त जितसँगै सातादोबाटो १२ खेलमा १८ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।यता पराजित बीबीसीको १२ खेलमा ७ अंकसहित १३औं स्थानमा रहेको छ ।