फागुन ९ काठमाडौं । आइसीसी टि२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडाविरुद्ध नेपालले ८१ रनको विजयी लक्ष्य पाएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले १५ ओभरमा सबै विकेट घुमाउँदै ८० रन बनाएको थियो । क्यानडाका कुनै पनि ब्याटरले नेपाली बलर सामु खुलेर ब्याटिङ गर्ने सकेनन् ।
नेपालका लागि कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने कमल एैरी अभिनाष बोहराले २२ र कुशल मल्लले १विकेट लिए । यस्तै क्यानडाका २ जना ब्याटर रनआउट भएका थिए ।
८१ रनको सामान्य रनको लक्ष्य पाएको नेपालले कहि बेरमा जवाफी ब्याटिङ गर्नेछ । समूह चरणका सुरुआती दुई खेलमा जित निकालेको नेपालले सेमिफाइनलको सम्भावना बलियो बनाइसकेको छ ।
छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई १३८ रनले पराजित गरेको थियो । यस्तै, क्यानडाले पहिलो खेलमा फिलिपिन्सलाई ११८ रनले पराजित गर्दा दोस्रो खेलमा ओमानसँग ९ विकेटले पराजित भएको थियो ।
ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, दुई खेलबाट २ अंक जोडेको क्यानडा दोस्रो र समान खेलबाट समान अंक रहे पनि रनरेटका आधारमा ओमान तेस्रो स्थानमा छ । अंकविहिन फिलिपिन्स समूहको पुछारमा छ ।
समूहका शीर्ष दुई टोली सेमिफाइलनमा प्रवेश गर्नेछन् । आज जितसहित समूह विजेता बने नेपालले सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइलनबाट फाइनल यात्रा तय गर्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने टि२० विश्वकपमा छनोटमा हुनेछ ।


