आइतबार, भाद्र २८ गते २०८३
images

यूएईलाई हराए नेपाल दोस्रोपटक विश्वकपमा

एक्सप्रेस पाना
फाल्गुण १०, २०७८ मंगलबार
  • 463
    SHARES
  • यूएईलाई हराए नेपाल दोस्रोपटक विश्वकपमा

    फागुन १० काठमाडौं । आइसीसी टि२० विश्वकप ग्लोबल छनोटको पहिलाे सेमिफाइलनमा मंगलबार नेपालले सयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्रदा जितसँगै दोस्रो पटक विश्वकप पुग्ने लक्ष्यमा हुनेछ ।

    images

    ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल  दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

    नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको हो ।

    images

    नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेकाे हाे। नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको थियो ।

    यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह ‘ए’ बाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल र यूएईबीच भएको पछिल्लो ४ टि२० भेटमा दुबै टोलीले समान दुई खेलमा जित निकालेका छन् । यद्यपि, हालै ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो । यस अघि सन् २०१९ मा भएको तीन भेटमा भने नेपाल दुई पटक विजयी हुँदा यूएई एक पटक जित निकाल्न सफल भएको थियो ।