फागुन १० काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ मा आज मंगलबार दुई खेलसँगै १२औ चरणका खेल समाप्त हुँदैछन् । अन्तिम दिन दशरथ रंगशाला दुई खेल हुनेछ ।
जारी लिगमा लिग च्याम्पियनदेखि दोस्रो डिभिजनमा घटुवा हुने टोलीसम्म पक्का हुँदा अब क्लबहरुको योजना तालिकामा राम्रो स्थान बनाउनु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा विभागिय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब आमनेसामने हुनेछन् । जारी लिगमा पुलिस ११ खेलमा ११ अंक जोडेर ११औं स्थानमा छ । यता एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा छ ।
अपरान्ह पौने ५ बजे सुरु हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आर्मी संकटालाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ भने संकटा शीर्ष पाँचमा बलियो बन्न चाहन्छ । आर्मी ११ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा छ । संकटा ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा छ । यस्तै लिग च्याम्पिय मछिन्द्र भइसकेको छ भने बीबीसी र च्यासल बी डिभिजनमा घटुवा भएका छन् ।


