आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप पुग्न नेपाललाई १७६ रनको विजयी लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण १०, २०७८ मंगलबार
  • 659
    SHARES
  • विश्वकप पुग्न नेपाललाई १७६ रनको विजयी लक्ष्य

    फागुन १० काठमाडौं । आइसीसी टि२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामु १७६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । 

    images

    ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनको योगफल खडा गर्‍यो ।

    युएईका ओपनर मुहम्मद वसिमले सर्वाधिक ७० रन बनाए । उनले ४८ बलमा समान चार चौका र छक्का प्रहार गरे । यस्तै, भ्रित्या अरविन्दले ४६, मुहम्मद वसिमले १७ र  जोडे ।

    images

    नेपालका अलागि विनास बोहरा र जितेन्द्र मुखियाले समान ३/३ विकेट लिए । यसबाहेक, कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारे ।