आइतबार, भाद्र २८ गते २०८३
images

च्याम्पियन्स लिग : चेल्सीको सहज जित 

एक्सप्रेस पाना
फाल्गुण ११, २०७८ बुधबार
  • 319
    SHARES
  • च्याम्पियन्स लिग : चेल्सीको सहज जित 

    एजेन्सी । युरोपको सबै भन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग फुटलमा साविकको विजेता लण्डन क्लब चेल्सीले सहज जित निकालेको छ । 

    images

    बुधवार बिहान चेल्सीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लिलेमाथि २-० गोलको सहज जित निकालेको हो । चेन्सीको जितमा काई हावर्ट्ज र क्रिश्चियनले समान १/१ गोल गरे । 

    पहिलो हाफमा १-० गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा १ गोल गरेको हो । उक्त जित सँगै चेन्सीले अन्तिम १६ को पहिलो लेगमा अग्रता बनाएको छ । यहि अग्रता दोस्रो चरणमा जोगाउन सके अन्तिम आठमा प्रवेश गर्ने छ । यस्तै दोस्रो लेग आगामी मार्च १७ मा लिलेको घरेलु मैदानमा हुनेछ । 

    images

    यस्तै अर्को खेलमा स्पेनिस ला लिगा फुटबल क्लब भिल्लारियल र इटालियन सिरी ए फुटबल क्लल युभेन्टस १-१ गोलको बराबरीमा रोकिएका छन् ।