आइतबार, भाद्र २८ गते २०८३
images

एनएसएल दोस्रो संस्करण : २४२ खेलाडी अक्सनमा

एक्सप्रेस पाना
फाल्गुण १७, २०७८ मंगलबार
  • 314
    SHARES
  • एनएसएल दोस्रो संस्करण : २४२ खेलाडी अक्सनमा

    फागुन १७ काठमाडौं । आगामी चैत अन्तिम सातादेखि सुरु हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता दोस्रो संस्करण नेपाल सुपर लिग (एनएसएल)को अक्सनका लागि २४२ खेलाडी छानिएका छन् ।

    images

    शुक्रबार हुने अक्सनका लागि छनोट भएका २४२ खेलाडीलाई आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले तीन क्याटागोरीमा छुट्याएको छ ।

    जसमध्ये क्याटागोरी ‘ए’ मा ४० खेलाडी छन् भने ‘बी’ र ‘सी’ मा समान एक सय एक खेलाडी छन् । एनएसएलको दोस्रो संस्करण चैत २६ गतेदेखि ८ वैशाखसम्म हुने तालिका छ ।

    images

    आयोजकले यस संस्करणमा तीन टोली थप गर्दै सहभागी क्लब संख्या १० पुर्‍याएको छ । यसअघि प्रतियोगिताको पहिलो संस्करणमा सात टोलीको सहभागिता थियो । यस सिजन स्पोर्टिङ इलाम मेची, झापा एफसी र विरगंंज युनाइटेड थपिएका हुन् ।

    गत सिजन विराटनगर सिटी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफस, पोखरा थन्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी रहेका थिए । प्रतियोगिताको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।