सोमबार, कार्तिक १७ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा ज्यान गुमाउने व्याक्ति को थिए ?

एक्सप्रेस पाना
फाल्गुण १८, २०७८ बुधबार
  • 382
    SHARES
  • ट्याक्टर दुर्घटना हुँदा ज्यान गुमाउने व्याक्ति को  थिए ?

    फागुन १८ दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-४ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निर्माणाधीन दार्चुला तिंकर सडकको डोकटमा मंगलबार साढे १० बजेतिर दुर्घटना हुँदा बझाङ घर भएका २३ वर्षीय वीरेन्द्र खड्काको किचिएर मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

    images

    दुर्घटनाको जानकारी पाएपछि राती नै प्रहरी घटनास्थलमा पुगेको थियो । ट्याक्टर चालक बझाङकै मान बोहरा दुर्घटनापछि फरार छन् । 

    व्यास गाउँपालिका क्षेत्रमा दार्चुला-तिंकर सडक चौडा बनाउने तथा नाली निर्माण गर्ने काम सञ्चालन गरिएको छ । सडकको निर्माणमा प्रयोग भएको से २ त १७९९ नम्बरको ट्याक्टर डोकटबाट डोब जाने क्रममा दुर्घटना भएको हो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको र चालकको खोजी भइरहेको डिएसपी भट्टले जानकारी दिए ।

    images