आइतबार, भाद्र २८ गते २०८३
images

बी डिभिजन लिग : बाँसबारीविरुद्ध सरस्वतीको पुनरागमन जित

एक्सप्रेस पाना
फाल्गुण १८, २०७८ बुधबार
  • 595
    SHARES
  • बी डिभिजन लिग : बाँसबारीविरुद्ध सरस्वतीको पुनरागमन जित

    फागुन १८ काठमाडौं । बाँसबारी क्लबविरुद्ध १-० गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ मा विजयी सुरुवात गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा सरस्वतीले ३-१ अन्तरले जित निकालेको हो । 

    images

    पहिलो खेलमै जित निकाल्ने क्रममा सरस्वतीका लागि विक्रम बिसुन्के, सृजन लामा र भुपेन्द्र शाहीले समान १/१ गोल गरे । यता बाँसवारीका विक्की राईले गरेको गोल सान्त्वना बन्यो ।

    खेलको छैटौँ मिनेटमा विक्कीले बाँसवारीलाई सुरुवाती अग्रता दिलाए । २१औं मिनेटमा बिक्रमले गोल गर्दा अघिल्लो सिजन-०७६ मा ए डिभिजनबाट घटुवा भएको सरस्वतीले बराबरी गोल गर्याे । उक्त जितसँगै सरस्वतीले पहिलो खेलमै तीन अंक जोड्न सफल भयो । 

    images

    आजनै भएको पहिलो खेलमा भगवती क्लबले झम्सिखेल युथ क्लबलाई समान अन्तरले पराजित गर्याे । १४ क्लब सहभागी लिगको शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने छन् भने पुछारका दुई टोली सी डिभिजन लिगमा घटुवा हुने छन् ।