शुक्रबार, भाद्र २६ गते २०८३
images

आगामी साउन २३ गतेबाट  ए डिभिजन राष्ट्रिय फुटबल लिग शुरु हुने भएको छ । 

एक्सप्रेस पाना
आषाढ २३, २०७८ बुधबार
  • 422
    SHARES
  • आगामी साउन २३ गतेबाट  ए डिभिजन राष्ट्रिय फुटबल लिग शुरु हुने भएको छ । 

    २३ असार, काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फा ले बुधबार सूचना जारी गर्दै  ए डिभिजन लिग साउन २३ गतेबाट पोखरामा शुरु हुने जनाएको छ । यसअघि जेठ १ देखि २२ सम्म हुने भनिएको फुटसल लिग कोरोना महामारीको कारण स्थगित गरिएको थियो 
    लिगका लागि एन्फाले विभिन्न प्रदेशबाट टिम छनोट गरेको छ । लिगमा प्रदेश १ बाट फुटबल फाइभ धरान र द राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हब, शंखमूल फुटबल प्रभातफेरी युथ क्लब र स्काई गोल फुटबल, गण्डकी प्रदेशबाट स्पोट्र्स क्यासल, सविन मेमोरियल फुटबल क्लब तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त रुपमा, लुम्बिनी फुटबल र झरना स्पोट्र्स क्लब छनोट भएका छन् ।पोखराको बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुने लिगमा छनोट चरण पार गरेका १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
    लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ । यस प्रतियोगिताबाट एएफसी फुटबल कप क्वालिफायरका लागि नेपालको राष्ट्रिय फुटबल टोलीका खेलाडी छनोट गरिने जनाइएको छ ।

    images