आइतबार, भाद्र २८ गते २०८३
images

रञ्जित धिमाल पुन : विराटनगरको मार्की खेलाडी

एक्सप्रेस पाना
फाल्गुण १९, २०७८ बिहीबार
  • 299
    SHARES
  • रञ्जित धिमाल पुन : विराटनगरको मार्की खेलाडी

    फागुन १९ काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को लागि विराटनगर सिटी फुटबल क्लबले रञ्जित धिमाललाई नै मार्की खेलाडीमा निरन्तरता दिएको छ । गत वैशाखमा भएको एनएसएलको पहिलो संस्करणमा पनि विराटनगरले रउनलाई नै मार्की खेलाडी छनोट गरेको थियो ।

    images

    नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनइएसएम)ले फुटबलको फ्रेन्चाइज लिग- एनएसएलको दोस्रो संस्करणका लागि भोलि (शुक्रबार) अक्सन गर्दैछ । त्यसअघि नै मार्की खेलाडीको टुंगाे लगाउन क्लबलाई जानकारी दिएको थियो ।

    गत सिजनका सात र थप तीन टोली गरी आसन्न संस्करणमा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसका लागि विराटनगरले मुख्य प्रशिक्षकमा विष्णु गुरुङलाई अनुबन्ध गरिसकेको छ । 

    images

    २६ चैतदेखि सुरु हुने तयारीमा रहेको एनएसएलमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी, पोखरा थन्डर्स, एफसी चितवनसँगै नयाँ क्लबहरू झापा एफसी, मेची-इलाम र विरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् ।

    झापाले अञ्जन विष्ट, धनगढीले विशाल राईलाई मार्की खेलाडी घोषणा गरेका छन् भने ललितपुरले विमल घर्तीमगरलाई अनुबन्ध गरेको चर्चा छ ।