आइतबार, भाद्र २८ गते २०८३
images

खप्तड गोल्डकप : मनाङ सेमिफाइनलमा

एक्सप्रेस पाना
फाल्गुण १९, २०७८ बिहीबार
  • 355
    SHARES
  • खप्तड गोल्डकप : मनाङ सेमिफाइनलमा

    फागुन १९ धनगढी । नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

    images

    मनाङले बिहीबार प्रतियोगिताको उद्घाटन खेलमा भारतीय टोली दिल्ली फुटबल क्लबमाथि २-१ को पुनरागमन जित निकालेको हो । 

    धनगढी रंगशालामा सम्पन्न खेलमा ६७औं मिनेटमा कृष्णाले गोल गर्दै दिल्लीलाई अग्रता दिलाएका थिए । तर, ७७औं मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई खेलमा फर्काएका थिए । यस्तै, निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा विमल रानाले गोल गरेपछि मनाङले २-१ को जित निश्चित गर्यो ।

    images

    उक्त खेलको म्यान अफ दी म्यान मनाङका अञ्जन चुनिए । उनले नगद १० हजार प्राप्त गरे । सुदूरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता छ ।