आइतबार, भाद्र २८ गते २०८३
images

सन्दीपको कप्तानीमा क्रिकेट टोलीको घोषणा, यी खेलाडीले गरे पुनरागमन

एक्सप्रेस पाना
फाल्गुण १९, २०७८ बिहीबार
  • 229
    SHARES
  • सन्दीपको कप्तानीमा क्रिकेट टोलीको घोषणा, यी खेलाडीले गरे पुनरागमन

    फागुन १९ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अभ्यास खेलका लागि श्रीलंका जाने १६ खेलाडीको सूची सार्वजनिक गरेको छ । 

    images

    यसै महिना संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारी गर्न सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडी शनिबार श्रीलंका जाँदैछन् ।

    नेपालले यूएईमा पपुवा न्युगिनी र घरेलु टोलीसँग त्रिदेशीय शृंखला खेल्नेछ । नेपालले गत महिना आइसीसी टी-२० विश्वकप क्रिकेटको छनोट खेलेको थियो ।

    images

    नेपाली टोली : सन्दीप लामिछाने (कप्तान) ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की ।