फागुन २० काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलमा सहभागी हुने १० वटा क्लबले मार्की खेलाडी र कोचको टुंगो लगाएका छन् ।
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजक हुने दोस्रो संस्करण आगामी चैत्र २६ गतेबाट देशका दुई ठूला शहर काठमाडौं र पोखरा हुने भएको छ । यस पटक एनएसएलमा १० क्लब रहनेछन् । पहिलो संस्करणमा सात टोली रहँदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो ।
सहभागी हुने १० वटा क्लबका मार्की प्लेयर र कोच
स्पोर्टिङ इलाम डि मेची - मार्की प्लेयर तेज तामाङ र कोचमा मेघराज केसी
बिराटनगर सिटी एफसी -मार्की प्लेयर रन्जित धिमाल र कोचमा विष्णु गुरुङ
झापा एफसी - मार्की प्लेयर अन्जन बिस्ट
वीरगञ्ज युनाइटेड - मार्की प्लेयर देवेन्द्र तामाङ र कोचमा सुलभ जंग राना
बुटवल लुम्बिनी एफसी - मार्की प्लेयर विशाल श्रेष्ठ र कोचमा अनन्त थापा
पोखरा थण्डर्स - मार्की प्लेयर सुजल श्रेष्ठ र कोचमा नवीन न्यौपाने
एफसी चितवन - मार्की प्लेयर अनन्त तामाङ र कोचमा यम गुरुङ
काठमाडौ रेजर्स - मार्की प्लेयर बिकेश कुथु र कोचमा बालगोपाल महर्जन
ललितपुर सिटी एफसी - मार्की प्लेयर विमल घर्ती मगर र कोचमा प्रवेश कुटवाल
धनगढी एफसी - मार्की प्लेयर विशाल राई र कोचमा युगलकिशोर राईलाई लिएका छन् ।


