एजेन्सी । अर्जेन्टिनी युवा फरवार्ड लौटारो मार्टिनेजको ह्याट्रिकसंगै रेलिगेशनको दबाबमा रहेको सेलनिटानामाथि ५-० को सानदार जितसहित इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।
यससँगै इन्टरले सिरी ‘ए’ मा पछिल्लो चार खेलको जितविहिन यात्रामा समेत पूर्णविराम लगाएको छ । मार्टिनेजले डिसेम्बर यता गोल गर्न सकेका थिएनन् । सिरी ‘ए’ मा उनको यो ५०औं गोल हो ।
उक्त जितसँगै २७ खेलबाट इन्टरको ५८ अंक छ । समान खेलमा दोस्रो स्थानको नेपोली र एसी मिलानको समान ५७ अंक रहेको छ । चौथो स्थानको युभेन्टसको ५० र पाँचौ स्थानको एट्लान्टाको ४७ अंक छ ।


