आइतबार, भाद्र २८ गते २०८३
images

सुदुरपश्चिम खप्तड गोल्डकप : शेर्पा र नव जन जागृति भिड्दै

एक्सप्रेस पाना
फाल्गुण २१, २०७८ शनिबार
  • 312
    SHARES
  • सुदुरपश्चिम खप्तड गोल्डकप : शेर्पा र नव जन जागृति भिड्दै

    फागुन २१ धनगढी । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा शनिबार (आज) एक खेल हुँदै छ ।

    images

    धनगढी रङ्गशालामा दिउँसो ३ बजे  हुने खेलमा ए डिभिजन क्लब हिमालयन शेर्पा र नव जन जागृति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । शेर्पा आज मोफसलको टोली जन जागृतिलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।

    यता जागृति पनि शेर्पालाई हराएर अर्को चरणमा पुग्ने योजनामा छ । यस अघि प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल क्लबलाई पराजित गरेको हो ।

    images

    त्यस्तै दोस्रो खेलमा वाग्मती युथ क्लबले न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेको थियो । आयोजक सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।