आइतबार, भाद्र २८ गते २०८३
images

पाँचपोखरी टि२० जिल्लास्तरीय प्रतियोगिताको उपाधि भोताङ क्रिकेट क्लबलाई

एक्सप्रेस पाना
फाल्गुण २१, २०७८ शनिबार
  • 282
    SHARES
  • पाँचपोखरी टि२० जिल्लास्तरीय प्रतियोगिताको उपाधि भोताङ क्रिकेट क्लबलाई

    फागुन २१ काठमाडौं । पाँचपोखरी टि२० जिल्लास्तरीय प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ क्रिकेट क्लबले जितेको छ ।

    images

    काठमाडौंको मूलपानी क्रिकेट रङ्गशालामा आज भएको फाइनलमा पाँचपोखरी क्रिकेट टोलीलाई ६८ रनले पराजित गरेको हो । उक्त बिजेता भोताङले उपाधीसंगै नगद ७५ हजार सिल्ड मेडल प्राप्त गरेको छ । दोश्रो भएको पाँचपोखरी क्रिकेट क्लवले ४० हजार पाएको छ ।

    पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । गाउँपालिकाले २०७४ सालदेखि निरन्तररुपमा ‘जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन वटा संस्करण सम्पन्न गरेको थियो । 

    images

    प्रतियोगितालाई निरन्तरता तथा समयसापेक्ष परिमार्जित गर्दै यस वर्ष उक्त प्रतियोगिताको नाम र खेलको संरचना परिवर्तन गरी पाँचपोखरी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएकोे लामाले बताए । विगतका वर्षमा गाउँपालिकामा नै सञ्चालन भइरहेको उक्त प्रतियोगितालाई यस वर्ष काठमाडौंको मूलपानी क्रिकेट रङ्गशालामा आयोजना गरिएकोे खेलकूद विकास समितिले जानकारी दिएको छ । उक्त प्रतियोगितमा जिल्लाका ७ टिम सहभागी थिए ।