एजेन्सी । स्पेनिस ला लिग फुटबलमा लिग लिडर रियल मड्रिडले शनिबार राति रियल सोसिडाडजिरूद्ध ४-१ अन्तरको पुनरागमन जित निकाल्दा शीर्ष स्थानमा स्पस्ट ८ अंकको अग्रता बनाएको छ ।
घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलमा १०औं मिनेटमै १-० अन्तरले पछि परेको रियलले पुनरागमन जित सहित सिजनको १९औं जित निकालेको हो ।
रियलको जितमा इडुआर्डो कामाभिङ्गा, लुका मोड्रिक, कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले एक-एक गोल गरे । यसअघि सोसिडाडका माइकलले गोल गर्दै अग्रता बनाएका थिए ।
उक्त जितसंगै रियलले दोस्रो स्थानको सेभियामाथी ८ अंकको अग्रता बनाएको छ । रियलको २७ खेलबाट ६३ अंक छ भने सोसिडाड समान खेलबाट ४४ अंकसहित छैटौं स्थानमा छ ।


