आइतबार, भाद्र २८ गते २०८३
images

खप्तड गोल्डकप : क्यामरुनी एभेनिर र फेण्ड्स क्लब भिड्दै

एक्सप्रेस पाना
फाल्गुण २२, २०७८ आइतबार
  • 326
    SHARES
  • खप्तड गोल्डकप : क्यामरुनी एभेनिर र फेण्ड्स क्लब भिड्दै

    फागुन २२ धनगढी । पाँचौ मुख्यमन्त्री अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप २०७८ अन्तर्गत आज पनि एक खेल हुँदैछ ।

    images

    धनगढी रंगशालामा हुने दिनको एक खेलमा अफ्रिकी टिम एभेनिर फुटबल क्लब र ए डिभिजन लिग फुटबल क्लब फ्रेण्ड्सबिच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

    आजको खेलको विजेताले सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र बागमती युथ क्लबीचको विजेतासँग खेल्ने छ । कुल १० टोली सहभागी रहेको यस प्रतियोगिताको विजेता नगद २१ लाख प्राप्त गर्नेछ ।

    images

    त्यस्तै उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्दा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टोली जनही नगद २५ हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउँदै आएका छन् ।