आइतबार, भाद्र २८ गते २०८३
images

मुलरको आत्माघाति गोलमा बायर्न रोकियो

एक्सप्रेस पाना
फाल्गुण २२, २०७८ आइतबार
  • 419
    SHARES
  • मुलरको आत्माघाति गोलमा बायर्न रोकियो

    एजेन्सी । अट्याकर थोमस मुलरको आत्माघाति गोलसँगै जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।

    images

    शनिबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसेनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेकाे हो ।

    घरेलु मैदानमा खेलको १८औं मिनेटमा निकल्स सुलेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३६ औं मिनेटमा थोमस मुलरले आत्मघाती गोल गरेपछि बायर्न १-१ गोलको बराबरीमा रोकिएको हो ।

    images

    उक्त बराबरीसँगै बायर्नले २५ खेलमा ५९ अंक जोडेको छ । लिभेरकुसेन ४५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।