आइतबार, भाद्र २८ गते २०८३
images

खप्तड गोल्डकप : क्यामरुनको एभेनिरलाई हराउँदै फ्रेण्ड्स सेमिफाइनलमा

एक्सप्रेस पाना
फाल्गुण २२, २०७८ आइतबार
  • 285
    SHARES
  • खप्तड गोल्डकप : क्यामरुनको एभेनिरलाई हराउँदै फ्रेण्ड्स सेमिफाइनलमा

    फागुन २२ धनगढी । पाँचौ मुख्यमन्त्री अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप २०७८ अन्तर्गत आज आइतबार भएको खेलमा क्यामरुनी क्लब एभेनिरमाथि कुपोन्डोलको फेण्ड्स क्लबले सहज जित निकालेको हो ।

    images

    धनगढी रंगशालामा भएको खेलमा ए डिभिजन लिग फुटबल क्लब फ्रेण्ड्सले २-० गोलको सहज जित निकालेको हो ।

    फ्रेण्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईसले दुई गोल गरे । उक्त दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । यस जितसँगै फ्रेण्ड्सले अब सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र बागमती युथ क्लबीचको विजेतासँग खेल्ने छ । कुल १० टोली सहभागी रहेको यस प्रतियोगिताको विजेता नगद २१ लाख प्राप्त गर्नेछ ।

    images