आइतबार, भाद्र २८ गते २०८३
images

झापा गोल्डकप : पुलिसलाई हराउँदै संकटा क्वाटरफाइनलमा

एक्सप्रेस पाना
फाल्गुण २२, २०७८ आइतबार
  • 448
    SHARES
  • झापा गोल्डकप : पुलिसलाई हराउँदै संकटा क्वाटरफाइनलमा

    फागुन २२ काठमाडौं । काठमाडौंको संकटा क्लब पाँचौं संस्करणको झापा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

    images

    बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै संकटाले क्वाटर फाइनलको यात्रा तय गरेको हो । 

    संकटाको जितमा उत्तम राईले खेलको ६५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोफोना फोडेको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।

    images

    आइतबारको खेलको म्याद अफ द म्याच विजेता टोली संकटाका फोफोना फोडे घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । ३० फागुनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजारमा चित्त बुझाउनु पर्नेछ ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकररले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । पाँचौँ संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजक चौधरी ग्रुपको नेपाल आइस हो । प्रतियोगिताअन्तर्गत सोमबारको क्वाटर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच हुनेछ ।