आइतबार, भाद्र २८ गते २०८३
images

क्यानले एकदिवसीय र त्रिकोणात्मक टि२० आई सिरिज आयोजना गर्ने

एक्सप्रेस पाना
फाल्गुण २२, २०७८ आइतबार
  • 274
    SHARES
  • क्यानले एकदिवसीय र त्रिकोणात्मक टि२० आई सिरिज आयोजना गर्ने

    फागुन २२ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रंखला खेल्ने भएको छ । 

    images

    टोलीले चैत १४ गतेबाट पीएनजी र मलेसियाविरुद्ध टि२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको हो ।   नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै मलेसिया र पीएनजीसँग त्रिदेशीय शृंखला खेल्ने बताएको थियो । आइतबार क्यानले क्यानले पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला तथा पीएनजी र मलेसियासँग टि२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने मिति घोषणा गरेको हो । 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले चैत ११ र १२ गते पीएसनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ ।  त्यसपछि नेपालले त्रिवि क्रिकेट मैदानमै त्रिदेशीय टि२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ । त्रिदेशीय शृखंला भने चैत १४ गतेबाट २१ गतेसम्म हुने क्यानले जनाएको छ ।  नेपाली क्रिकेट टोली अहिले श्रीलंकामा छ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ को तयारीका लागि नेपाल श्रीलंका गएको हो । श्रीलंकाले नेपालले त्यहाँको स्थानीय टिमसँग चार अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाल यूएई जानेछ । 

    images