आइतबार, भाद्र २८ गते २०८३
images

युनाइटेडमाथि सिटीको सहज जित

एक्सप्रेस पाना
फाल्गुण २३, २०७८ सोमबार
  • 477
    SHARES
  • युनाइटेडमाथि सिटीको सहज जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीले सहज जित हात पारेको छ ।

    images

    आइतबार राति सिटीको घरेलुु मैदान इतिहाद स्टेडियममा भएको खेलमा घरेलु टोली सिटीले पाहुना टोली युनाइटेडमाथि ४-१ गोलको फराकिलो जित निकालेको हो ।

    घरेलु टोलीको जितमा केभिन डे ब्रुइन र रियाद महरेज २/२ गोल गरे । यता युनाइटेडका लागि जाडोन सान्चोले एक सान्त्वना गोल गरे ।

    images

    खेलको पाँचौं मिनेटमै गोल गरेको सिटीले युनाइटेडमाथि निकै दबाब राख्दै पहिलो हाफमै २-१ गोलको अग्रता बनाएको थियो । यस्तै दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।

    उक्त जितसँगै सिटीले लिगमा उपाधि यात्रा थप बलियो बनाएको छ । जारी सिजन कुल २८ खेलबाट ६९ अंक जोडेको छ । सिटी दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंकले बढी हो यद्यपि लिभरपुलले एक खेल कम खेलेको छ । यस्तै यता पराजित युनाइटेडको भने समान खेलबाट ४७ अंकका साथ पाँचौं स्थानमा झरेको छ ।