एजेन्सी । इंगिल्स प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको २५औं साताको खेलमा आर्सनलले घरेलु टोली वार्डफोडमाथि २-३ गोल अन्तरको रोमाञ्चक जित निकालेको हो ।
पाहुना टोली आर्सनलको जितमा मार्टिन ओडेगाड, बुकायो साका र ग्रबियल बार्टिनले समान १/१ गोल गरे । यता घरेलु टोली वार्डफोडको लागि कुचो र माउसाले १/१ गोल गरे ।
खेलमा सुरुवाती अग्रतम बनाएको आर्सनलले खेलको ५औं मिनेटमा मार्टिनले गोल गरेका थिए । यस्तै घरेलु टोलीले खेलको ११औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । त्यस पछि खेलको ३०औं मिनेटमा पुन: आर्सनलले २-१ गोलको अग्रता बनायो । पछिलो हाफमा २-१ गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप १ गोल गर्दो एक गोल खाएको थियो ।
उक्त जित सँगै आर्सनलले ४८ अंक बनाउँदै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । यता पराजित वार्डफोडको भने पुछारबाट दोस्रो स्थानमा रहेको छ ।


