एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले इल्चेमाथि पुनरागमन जित निकालेको छ ।
आइतबार राति इल्चेको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोना २-१ गोलले विजयी भएको हो । खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । उसका चाभेस डि ला टोरेले पहिलो हाफको ४४औं मिनेटमा गोल गरि १-० गोलको अग्रता दिलाएका थिए । तर घरेलु टोलीले उक्त अग्रता अन्तिम समय सम्म टिकाउन भने सकेन ।
बार्सिलोनाको लागि खेलको ६०औं मिनेटमा फेरान टोरेसले गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा फर्काए । यस्तै खेलको ८४औं बार्सिलोनाको लागि मेम्फिस डिपेले पेनल्टी मार्फत गोल गरि खेलमा २-१ गोलको अग्रता दिए ।
यता घरेलुटोली खेलको ८८औं मिनेटमा १० खेलाडीमा समेटियो उसको लागि जाभिएरले रोतो कार्ड ब्यहोर्नुपरेको थियो । त्यस पछि बाँकी समय थप गोल नहुँदा बार्सिलोना २-१ गोलले विजयी भयो ।
उक्त जित सँगै बार्सिलोनाले २६ खेलबाट ४८ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा यथावत रहेको छ । यता पराजित इल्चेको भने २७ खेलबाट २९ अंकसहित १४औं स्थानमा रहेको छ ।
यस्तै गए राति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले रियल बेटिसमाथि ३-१ गोलको सहज जित निकालेको छ । उक्त जित सँगै एथ्लेटिक मड्रिडले समान ४८ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । समान अंक भएको बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।


