आइतबार, भाद्र २८ गते २०८३
images

नारी दिवसको अवसरमा झापा गोल्डकपमा महिलाले नि:शुल्क खेल हेर्न पाउने

एक्सप्रेस पाना
फाल्गुण २३, २०७८ सोमबार
  • 478
    SHARES
  • नारी दिवसको अवसरमा झापा गोल्डकपमा महिलाले नि:शुल्क खेल हेर्न पाउने

    फागुन २३ झापा । नारी दिवसको अवसरमा पाँचौ झापा गोल्डकप अन्तर्गत मंगलबारको खेलमा नारीहरुले नि:शुल्क खेल हेर्न पाउने भएका छन् ।

    images

    आयोजकले सोमाबर एक विज्ञप्ती जारी गर्दै ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गोल्डकपअन्तर्गत मंगलबार तय थ्री स्टार र संकटा क्लबबीचको खेल निःशुल्क हेर्न पाउने जनाएको हो ।

    ‘समस्त आमा,दिदिबहिनीहरुप्रति सम्मान व्यक्त गर्दै समस्त महिलाका लागि भोलि फागुन २४ गते मंगलबार  झापा गोल्डकपको खेल प्रतियोगिता निःशुल्क हेर्ने व्यवस्था मिलाइएको सबैमा जानकारी गराउदछौं । साथै यस अवसरमा सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिनुहुन सबै महिलामा अनुरोध छ,’ विज्ञप्तीमा भनिएको छ । जारी प्रतियागितामा १० टोलीको सहभागीता रहेको छ । यस्तै आज सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले विभागिय टोली एपीएफ फुटबल क्लबमाथि २-१ गोलको जित निकालेको थियो । 

    images