आइतबार, भाद्र २८ गते २०८३
images

खप्तड गोल्डकप : लिग च्याम्पियन मछिन्द्र र बागमती भिड्दै

एक्सप्रेस पाना
फाल्गुण २४, २०७८ मंगलबार
  • 350
    SHARES
  • खप्तड गोल्डकप : लिग च्याम्पियन मछिन्द्र र बागमती भिड्दै

    फागुन २४ धनगढी । धनगढीमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रित मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७८ अन्तर्गत आज अन्तिम क्वाटरफाइनलको खेल हुँदैछ ।

    images

    धनगढी रंगशालामा मंगलबार हुने खेलमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र बागमती युवा क्लबबिचको खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

    बागमती लिग च्याम्पियन मछिन्द्रलाई दबाब दिँदै खेल आफ्नो पक्षमा पर्ने योजनामा रहेको छ । भने यता मछिन्द्र बागमतीलाई हराउँदै सेमिफाइनल प्रवेश गर्ने योजनामा रहेको छ ।

    images

    यस खेलको विजेताले सेमिफाइनलमा फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गत १९ गतेबाट सुरु भएको यस प्रतियोगितामा कुल १० टोली सहभागी रहेको छ । विजेता नगद २१ लाख प्राप्त गर्नेछ । भने उपविजेता नगद १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टोलीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।