आइतबार, भाद्र २८ गते २०८३
images

खप्तड गोल्डकप : लिग च्याम्पियन मछिन्द्रलाई हराउँदै बागमती सेमिफाइनलमा

एक्सप्रेस पाना
फाल्गुण २४, २०७८ मंगलबार
  • 679
    SHARES
  • खप्तड गोल्डकप : लिग च्याम्पियन मछिन्द्रलाई हराउँदै बागमती सेमिफाइनलमा

    फागुन २४ धनगढी । धनगढीमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रित मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७८ को अन्तिम क्वाटरफाइनलमा लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई हराउँदै सर्लाहीको बागमती युवा सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    धनगढी रंगशालामा मंगलबार भएको खेलमा मछिन्द्रलाई बागमतीले पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले स्तब्ध पारेको हो । निर्धारित समयको खेलमा दुई टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । उक्त पेनाल्टीमा बागमतीले बाजि बार्यो ।

    उक्त जितसँगै बागमतीले अब सेमिफाइनलमा फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गत १९ गतेबाट सुरु भएको यस प्रतियोगितामा कुल १० टोली सहभागी रहेको छ । विजेता नगद २१ लाख प्राप्त गर्नेछ । भने उपविजेता नगद १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टोलीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

    images