आइतबार, भाद्र २८ गते २०८३
images

खप्तड गोल्डकप : शेर्पालाई हराउँदै मनाङ उपाधि नजिक

एक्सप्रेस पाना
फाल्गुण २५, २०७८ बुधबार
  • 327
    SHARES
  • खप्तड गोल्डकप : शेर्पालाई हराउँदै मनाङ उपाधि नजिक

    फागुन २५ धनगढी । पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रित मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप नकआउटका फुटबल प्रतियोगिता २०७८ मा नेपाल आयल निगम मनाङ मर्स्याङदी फाइनलमा प्रवेश गरेको छ ।

    images

    धनगढी रंगशालामा बुधबार भएको खेलमा पहिलो सेमिफाइनल खेलमा नेपाल मनाङ मर्स्याङदीले हिमालयनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको छ ।

    निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी अबस्थामा सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा मनाङका लागि कप्तान अञ्जन विषय , रुपेश केसी, पुवन उपरकोटी र मौसा अबगानाले गोल गरे । यता शेर्पाको लागि उल्रिच र पिस्टोनले गोल गर्दा , विशाल श्रेष्ठ र विवेक पण्डितको पेनाल्टी बाहिरिएको थियो ।

    images

    त्यसअघि पहिलो हाफको खेलको २८औं मिनेटमा मनाङका लागि शिशिर लेखिले गोल गरि १-० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले पछि परेको शेर्पाका लागि खेलको ८०औं मिनेटमा सुरेश कुमालले गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा फर्काए । त्यसपछि बाँकी समय थप गोल नहुँदा खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको हो ।

    उक्त जितसँगै मनाङले अब उपाधिका लागि सर्लाहीको बागमती युवा क्लब र ललितपुरको फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

    गत १९ गतेबाट सुरु भएको यस प्रतियोगितामा कुल १० टोलीको सहभागी रहेको थियो । मोफसलकै सर्वाधिक ठूलो धनराशि रहेको प्रतियोगिताको विजेताले नगद २१ लाख प्राप्त गर्नेछ । भने उपविजेता नगद १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टोलीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।