आइतबार, भाद्र २८ गते २०८३
images

बेन्जेमाको सानदार पुनरागमन ह्याट्रिकमा पीएसजी च्याम्पियन्स लिगबाट बाहिरियो

एक्सप्रेस पाना
फाल्गुण २६, २०७८ बिहीबार
  • 396
    SHARES
  • बेन्जेमाको सानदार पुनरागमन ह्याट्रिकमा पीएसजी च्याम्पियन्स लिगबाट बाहिरियो

    एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युईएफए च्याम्पियन्स अन्तर्गत जारी सिजन २०२१/२२ मा फ्रेन्च फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक प्रेरित खेलमा स्पेनिस महाराथी रियल मड्रिड अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई  ३-१ अन्तरले पराजित  गर्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ । 

    images

    बुधबार राति घरेलु मैदान सान्टियागो बार्नाबेउमा पुनरागमन जित सहित समग्रमा ३-२ अन्तरले जित निकाल्न सफल भयो । रियलको जितमा कप्तान बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरालमा ह्याट्रिक पूरा गरे ।

    खेलको ३९औं मिनेटमा किलीयन एमबाप्पेले गोल गर्दै पाहुना टोली पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो लेगमा १-० को अग्रता लिएको पीएसजी यस गोलसंगै सहज जित तर्फ अग्रसर भएको थियो ।

    images

    तर ६१ औं मिनेटमा बेन्जेमाले पीएसजीका गोलरक्षक जियानलुइजी डोनारुम्माले गरेको गम्भीर गल्तिको फाइदा उठाउदै बराबर गोल गरे । उनले भिनिसियस जुनिअरको पास सदुपयोग गरे । ७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । गोलको सेलेब्रेसन पूरा नहुदै अर्को मिनेटमै पुनः बेन्जेमाले ह्याटि्रक पूरा गरे  । 

    उक्त रियलको जितसंगै ट्रान्सफर मार्केटमा च्याम्पियन्स लिग जित्न ठूलो लगानी गरेको पीएसजी प्रतियोगिताको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । उसले यस सिजन मात्रै टोलीमा लियोनल मेस्सी, सर्जियो रामोस लगायत खेलाडी भित्राएको थियो ।

    रातिनै भएको अर्को खेलमा म्यानचेस्टर सिटी र स्पोर्टिङ लिस्बनको खेल गोलरहित बराबरीमा सकिएपनी पहिलो लेगमा निकालेको ५-० अन्तरको जितका साथ सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।