आइतबार, भाद्र २८ गते २०८३
images

खप्तड गोल्डकप : फाइनल प्रवेशका लागि बागमती र फ्रेण्ड्स क्लब भिड्दै

एक्सप्रेस पाना
फाल्गुण २६, २०७८ बिहीबार
  • 405
    SHARES
  • खप्तड गोल्डकप : फाइनल प्रवेशका लागि बागमती र फ्रेण्ड्स क्लब भिड्दै

    फागुन २६ धनगढी । मोफलसकै सर्वाधिक ठूलो धनराशि रहेको पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप नकआउटका फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आज बिहीबार अन्तिम सेमिफाइनलको एक खेल हुँदै छ ।

    images

    धनगढी रंगशालामा दिउँसो ४ बजेबाट सुरु हुने खेलमा सर्लाहीको बागमती युवा क्लब र ललितपुरको फेण्ड्स क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

    बागमतीले यसअघि ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र तेस्रो स्थानमा रहेको एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । यस्तै आजको खेलमा पनि ए डिभिजन लिग क्लब फ्रेण्ड्सलाई हराउँदै फाइनल पुग्ने दाउमा रहेको छ ।

    images

    यता फ्रेण्ड्सले पनि क्यामरुनी क्लबलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । आज पनि उक्त लय दोहोर्याउँदै फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

    आज हुने खेलको विजेताले उपाधिका लागि नेपाल आयल निगम मनाङ मर्स्याङदी क्लबसँग उपाधि भिडन्त गर्नेछ । मनाङले बुधबार भएको पहिलो सेमिफाइनल खेलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको छ । उक्त फाइनल खेल शनिबार हुनेछ ।

    गत १९ गतेबाट सुरु भएको यस प्रतियोगितामा कुल १० टोलीको सहभागी रहेको थियो । मोफसलकै सर्वाधिक ठूलो धनराशि रहेको प्रतियोगिताको विजेताले नगद २१ लाख प्राप्त गर्नेछ । भने उपविजेता नगद १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टोलीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।