आइतबार, भाद्र २८ गते २०८३
images

नर्विचमाथि चेल्सीको सहज जित

एक्सप्रेस पाना
फाल्गुण २७, २०७८ शुक्रबार
  • 255
    SHARES
  • नर्विचमाथि चेल्सीको सहज जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएकाे छ । बिहीबार राति भएकाे खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरकाे जित निकालेकाे हाे ।

    images

    तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे ।

    उक्त जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा छ ।

    images

    अन्य खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३-० अन्तर, उल्भ्सले वाट्फोर्डलाई ४-० अन्तर र न्युक्यासल युनाइटेडले साउथह्याम्पटनलाई २-१ अन्तरले पराजित गरेकाे छ ।